Friday, June 21, 2013

एक छिन रमाईलो गरौ न त...

दुईजना मूर्खहरु Chess खेल्दै थिए !
( यो पनि एउटा Joke नै हो तर अझै बाँकी छ )
धेरैबेर खेलेपछी एउटाले भन्यो ,
" भयो यार अब नखेलौँ लास्ट थाकीयो यार ।"
दोस्रो: "हो यार, अब कति खेल्नु
जम्मा तेरो एउटा हात्ती र मेरो एउटा घोडा त बाँकी छ
।"
(हुन त हाँसो उठिसक्यो होला तर अझै बाँकी नै छ।)
त्यत्तिकैमा अर्को साथी आईपुग्यो जो कथित Chess
champion थियो !
तेस्रो: ल म पनि खेल्छु
पहिलो: तर तिमी Champion छौ तिम्ले
जितिहाल्छौ नि
तेस्रो: त्यसो भए तिमीहरु दुवैजना एक पार्टि, म एक्लै
खेलौँ न त ।
दोस्रो : तर त्यसो गर्दा नि हाम्ले सक्दैनौँ तिम्लाई
तेस्रो : ल उसोभए म देब्रे हातले खेल्छु नि त ।
दुवैजना : ल ल त्यसोभए त खेलौँ ।
( हाँस्दै गर्नुस अब अलिकती bonus पनि छ )
आखीर तेस्रोले Game जितेर गयो अनि दुईजना एक
आपसमा भन्दै थिए
सालेले हाम्लाई मूर्ख बनायो यार त्यो Left handed
रहेछ ! नत्र त्यस्तो खतरा कसरी खेल्यो !
(अब अझै हाँसीयो भने पेट दुख्ला फेरी त्यसैले समाप्त ।)

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...