जहाँ छन बुद्धका आँखा,स्निग्ध शान्त र सुन्दर।
त्यहाँ छ शान्तीको छेत्र मेरो राष्ट्र मनोहर।।
प्राण भन्दा प्यारो लाग्छ मेरो देश कता कता।
झुल्किन्छ ममता मेरो भाव गंगा जता जता।।
माया नेपालको लाग्छ, नेपाली इतिहासको।
माया प्रकृतिको लाग्छ, कला भाषा र भेषको।.
पुर्खाको मन्त्र यो जप्छु चौतारी मा बसी।
जननी जन्म भुमिस्च स्वर्गादपि गरियसी।।
जहाँ छन बुद्धका आँखा।।
छ ठुलो चाहना मेरो आमालाई हसाउने।
सर्बोच्च सिखरबाट बिस्वशान्ती चिनाउने।।
यहि प्यारो मित्रिका माथि पौरखी बनिकन
पार्छु यो चाहना पुर्ण गरि देह समर्पण।।
जहाँ छन बुद्धका आँखा,स्निग्ध शान्त र सुन्दर।
त्यहाँ छ शान्तीको छेत्र मेरो राष्ट्र मनोहर।।
प्राण भन्दा प्यारो लाग्छ मेरो देश कता कता।
झुल्किन्छ ममता मेरो भाव गंगा जता जता।।