Wednesday, June 26, 2013

भक्त राज आचार्य द्वारा स्वरबद्द राष्ट्रिय गीतको Lyrics यहाँ हरुलाई.....

जहाँ छन बुद्धका आँखा,स्निग्ध शान्त र सुन्दर।
त्यहाँ छ शान्तीको छेत्र मेरो राष्ट्र मनोहर।।

प्राण भन्दा प्यारो लाग्छ मेरो देश कता कता।
झुल्किन्छ ममता मेरो भाव गंगा जता जता।।

माया नेपालको लाग्छ, नेपाली इतिहासको।
माया प्रकृतिको लाग्छ, कला भाषा र भेषको।.

पुर्खाको मन्त्र यो जप्छु चौतारी मा बसी।
जननी जन्म भुमिस्च स्वर्गादपि गरियसी।।

जहाँ छन बुद्धका आँखा।।

छ ठुलो चाहना मेरो आमालाई हसाउने।
सर्बोच्च सिखरबाट बिस्वशान्ती चिनाउने।।

यहि प्यारो मित्रिका माथि पौरखी बनिकन
पार्छु यो चाहना पुर्ण गरि देह समर्पण।।

जहाँ छन बुद्धका आँखा,स्निग्ध शान्त र सुन्दर।
त्यहाँ छ शान्तीको छेत्र मेरो राष्ट्र मनोहर।।

प्राण भन्दा प्यारो लाग्छ मेरो देश कता कता।
झुल्किन्छ ममता मेरो भाव गंगा जता जता।।

Friday, June 21, 2013

एक छिन रमाईलो गरौ न त...

दुईजना मूर्खहरु Chess खेल्दै थिए !
( यो पनि एउटा Joke नै हो तर अझै बाँकी छ )
धेरैबेर खेलेपछी एउटाले भन्यो ,
" भयो यार अब नखेलौँ लास्ट थाकीयो यार ।"
दोस्रो: "हो यार, अब कति खेल्नु
जम्मा तेरो एउटा हात्ती र मेरो एउटा घोडा त बाँकी छ
।"
(हुन त हाँसो उठिसक्यो होला तर अझै बाँकी नै छ।)
त्यत्तिकैमा अर्को साथी आईपुग्यो जो कथित Chess
champion थियो !
तेस्रो: ल म पनि खेल्छु
पहिलो: तर तिमी Champion छौ तिम्ले
जितिहाल्छौ नि
तेस्रो: त्यसो भए तिमीहरु दुवैजना एक पार्टि, म एक्लै
खेलौँ न त ।
दोस्रो : तर त्यसो गर्दा नि हाम्ले सक्दैनौँ तिम्लाई
तेस्रो : ल उसोभए म देब्रे हातले खेल्छु नि त ।
दुवैजना : ल ल त्यसोभए त खेलौँ ।
( हाँस्दै गर्नुस अब अलिकती bonus पनि छ )
आखीर तेस्रोले Game जितेर गयो अनि दुईजना एक
आपसमा भन्दै थिए
सालेले हाम्लाई मूर्ख बनायो यार त्यो Left handed
रहेछ ! नत्र त्यस्तो खतरा कसरी खेल्यो !
(अब अझै हाँसीयो भने पेट दुख्ला फेरी त्यसैले समाप्त ।)

60 Tips for a Stunnigly Great Life

1. Exercise daily.
2. Get serious about gratitude.
3. See your work as a craft.
4. Expect the best and prepare for the
worst.
5. Keep a journal.
6. Read “The Autobiography of Benjamin
Franklin”.
7. Plan a schedule for your week.
8. Know the 5 highest priorities of your
life.
9. Say no to distractions.
10. Drink a lot of water.
11. Improve your work every single day.
12. Get a mentor.
13. Hire a coach.
14. Get up at 5 am each day.
15. Eat less food.
16. Find more heroes.
17. Be a hero to someone.
18. Smile at strangers.
19. Be the most ethical person you
know.
20. Don’t settle for anything less than
excellence.
21. Savor life’s simplest pleasures.
22. Save 10% of your income each
month.
23. Spend time at art galleries.
24. Walk in the woods.
25. Write thank you letters to those
who’ve helped you.
26. Forgive those who’ve wronged you.
27. Remember that leadership is about
influence and impact, not title and
accolades.
28. Create unforgettable moments with
those you love.
29. Have 5 great friends.
30. Become stunningly polite.
31. Unplug your TV.
32. Sell your TV.
33. Read daily.
34. Avoid the news.
35. Be content with what you have.
36. Pursue your dreams.
37. Be authentic.
38. Be passionate.
39. Say sorry when you know you
should.
40. Never miss a moment to celebrate
another.
41. Have a vision for your life.
42. Know your strengths.
43. Focus your mind on the good versus
the lack.
44. Be patient.
45. Don’t give up.
46. Clean up your messes.
47. Use impeccable words.
48. Travel more.
49. Read “As You Think”.
50. Honor your parents.
51. Tip taxi drivers well.
52. Be a great teammate.
53. Give no energy to critics.
54. Spent time in the mountains.
55. Know your top 5 values.
56. Shift from being busy to achieving
results.
57. Innovate and iterate.
58. Speak less. Listen more.
59. Be the best person you know.
60. Make your life matter.

Saturday, April 20, 2013

BBS 2nd Year's Note Of Tribhuwan University ___ब्यबसायिक कानुन (Business Law):- Exam Tips


अध्ध्याय १ - परिचय (Introduction)
कानुनको परिचय (Introduction of law)
        देशमा शान्ति र सुब्यबस्था कायम गर्न सरकारले लागु गरेको ऐन नियमहरुलाई कानुन भनिन्छ |
कानुन को प्रकृति (Nature of Law)
१-       कानुनले सबैलाई समान व्यवहार गर्दछ |
२-       देश को सर्बोच्च निकाएको बहुजन को हित को लागि कानुन लागु गर्दछ |
३-       कानुन उल्लङ्घन गर्ने जो कोहि पनि दण्डित हुन्छ |
४-       राज्य द्वारा लागु गरिने ऐन नियम आदेश घोषणा र परिपत्र सबै कानुनका स्वोरुप हरु हुन् |
ब्याबसायीक कानुन (Business law)
        राज्यमा ब्याबसायीक कृयाकलापहरुलाई ब्यबस्थित तथा निमित तुल्याउनका लागि सरकारले लागु गरेको सम्पूर्ण ऐन नियमहरुलाई समग्रमा ब्याबसायीक कानुन भनिन्छ |
कानुन को प्रकार (Types of Law)
१-       नैतिक कानुन
२-       नागरिक कानुन
३-       ब्यबहारिक कानुन
४-       भौतिक कानुन
५-       आदेशात्मक कानुन
६-       प्रतिग्यात्मक कानुन
७-       परम्परागत कानुन
८-       अन्तरास्ट्रिय कानुन
ब्यबसायिक कानुन को महत्व (Importance of Business Law)
१-       उध्धोग र ब्यापार को विकास गर्न
२-       ब्याबसायीहरुको सुबिधा बृद्धि गर्न
३-       ब्याबसायीहरुको हक र हित संरक्षण गर्ने
४-       अनिश्चितता न्युन गर्ने
५-       अनुशासन कयेम गर्ने
६-       अधिकार र दायित्व प्रस्ट पार्ने
ब्याबसायीक कानुनको स्रोतहरु (Sources of Business Law)
१-       परम्परा
२-       न्यायिक निर्णय
३-       तर्कपूर्ण बिचारहरु
४-       बिधान सभा
५-       व्यापार सन्धि र सम्झौताहरु
६-       बिदेशी बाणिज्य कानुनहरु

अध्ध्याय २ - करार (Contract)
बैध करारका आवश्यकीय तत्व हरु (Essentials of Valid Contract)
१-       प्रस्ताब तथा स्वीकृतिहरु
२-       सक्षम पक्षहरु
३-       स्वतन्त्र सहमति
४-       कानुन सम्बन्ध
५-       बैध प्रतिफल
६-       बैध उद्देश्य
७-       पुरा गर्न सकिने
८-       निश्चितता
९-       लिखित तथा पंजीकृत
१०-    कानुन द्वारा शुन्य घोषित नगरिएको
प्रस्ताब सम्बन्धि नियम (Rules Regarding Offer)
१-       प्रस्ताब ब्यक्त वा परिलक्षित हुनु पर्दछ |
२-       प्रस्तावले कानुनी सम्बन्ध स्थापना गर्ने हुनु पर्दछ |
३-       प्रस्ताब शर्त रहित वा शर्त सहित हुन सक्दछ |
४-       प्रस्ताब को लागि आह्वान प्रस्ताब होइन |
५-       प्रस्ताब व्यक्ति, समूह वा संसारलाई राख्न सकिन्छ |
६-       प्रस्तावित पक्षलाई प्रस्ताब को जानकारी पुग्नुपर्दछ |

स्वीकार सम्बन्धि नियम हरु (Rules Regarding Acceptances)
१-       प्रस्तावित पक्षले मात्र प्रस्ताब स्वीकार गर्न सक्दछ |
२-       स्वीकार शर्त रहित हुनु पर्दछ |
३-       ब्यक्त वा परिलक्षित रुपमा प्रस्ताब स्वीकार गर्न गर्न सकिन्छ |
४-       प्रस्ताबक लाई जानकारी नदिएको स्विकृति लाई स्विकृति मान्न सकिदैन
५-       प्रस्ताबको स्वीकृति प्रस्ताबक ले खंदन् गर्नु अगावै जनाउनु पर्दछ |
प्रतिफलसम्बन्धि नियम (Rules Regarding Consideration)
१-       प्रस्ताबको अनुरोध अनिबार्य छ
२-       प्रतिफल पर्याप्त हुनु पर्ने आवश्येकता छैन
३-       प्रतिफल भुत, वर्तमान वा भबिष्यको हुन सक्दछ
४-       प्रतिफल वास्तविक हुनु पर्दछ
५-       प्रतिफल प्रत्यक्ष वा अप्रत्यक्ष हुन सक्दछ
६-       प्रतिफल बैधानिक वा नैतिक हुनु पर्दछ

करार गर्ने क्षमता (Contractual Capacity)
        करारमा संलग्न हुनका लागि व्यक्तिमा कनुनत: करार गर्ने क्षमता हुनुपर्दछ यस अन्तर्गत मुख्यतया बालिग, स्वस्थ मनस्थिति, स्वदेशी नागरिक तथा निरपराधी व्यक्ति हुनु पर्दछ |
नाबालिग संगको सम्झौताबारे नियमहरु (The Rules Regarding Minor’s  Agreement)
१-       करार बमोजिम नाबालिगलाई कानुनत: उत्तरदायी बनाउन सकिदैन
२-       नाबलिग्को फाइदाको लागि मात्र करार गर्न सकिम्छ
३-       साझेदारको रुपमा नाबलग बस्न सक्छ
४-       नाबालगलाई टाट पलेत्को घोषणा गर्न सकिदैन
५-       शेयर धनीको रुपमा नाबालग रहन सक्छ
६-       अभिकर्ताको काम गर्न सक्छ तर जिम्मेवारी बनाउन सकिदैन
७-       दैनिक जिबन यापन गर्नका लागि नाबालगको बैध गर्न सक्छ
करार गर्न अयोग्य व्यक्तिहरु (Disqualified Persons for Contract)
१-       बिदेशी कुटनैतिक व्यक्तिहरु
२-       बिदेशी शत्रुहरु
३-       अश्वस्थ मनस्थिति भएको र जड्याहा व्यक्ति
४-       टाट पल्टेको व्यक्ति

स्वतन्त्र सहमति (Free Consent)
        कसैको दबाब बिना आफुखुसि मन्जुरी जनाउनु लाई स्वतन्त्र सहमति भनिन्छ | स्वतन्त्र सहमति भनेको दुइ पक्षहरु बीच एउटा कुरामा एउटै अर्थले मन्जुरी जनाउनु हो |
स्वतन्त्र सहमतिको महत्व (Importance of  Free Consent)
१-       बैध करारको पूर्व शर्त
२-       करार हुन बाट बचाउन
३-       करारको प्रभाब्करिता बृद्धि गर्न
४-       करकाप, जालसाजी, मिथ्याबर्णनबाट करारलाई बचाउन
५-       स्व-बिबेकले करार परिपालन गराउन
६-       कानुनी मान्यता प्राप्त गर्न
शुन्य शम्झौता (Void Agreement)
        कानुनी रुपमा अमान्य भएको करारलाई शुन्य शम्झौता वा शुन्य करार भनिन्छ | एस्तो सम्झौता कुनै कानुनी अस्तित्व हुदैन |
शुन्यकरणिय करार (Voidable Agreement)
        पिडित पक्षले कुनै पनि समयमा बदर गराउन सकिने करारलाई शुन्यकरणिय करार भनिन्छ | यस्तो शम्झौतामा मर्का पर्ने पक्ष्य ले चाहेमा हदम्याद भित्र उजुरउपर गरि सम्झौता बदर गराउदछ |
Coercion ( जबर्जस्ति )
        कुनै पक्षलाई डर धम्कि दिएर वा शम्पति र जिउ ज्यान मा धक्क पुर्याउने गरि इच्छा बिपरित सहमति प्राप्त गरिन्छ भने त्यास्लाई जबर्जस्ति भनिन्छ | यस्तो किसिमको करार शुन्यकरणिय  हुन्छ |
अनुचित प्रमाण (Undue Influence)
                आफ्नो व्यक्तिगत प्रभाव र शक्तिको आधारमा प्रभाव पार्न सकिने पक्षलाई व्यक्तिगत स्वार्थ पुरा गर्ने उद्देश्यले पर्ने प्रभाव लाई अनुचित प्रभाव भनिन्छ | जस्तै डाक्टर ले बिरामीलाई अनुचित प्रभाव पार्न सक्दछ |
मिथ्याबर्णन (Misrepresentation)
        असत्य कुरा थाहापाउदा पाउदै सत्य हो भनि बर्णन गर्नु नै मिथ्याबर्नन हो | सत्य कुरा लुकाउने पनि मिथ्याबर्नन हो |
जालसाजी (Fraud)
        कसैलाई धोका दिने मनसायले गरेको कार्य लाई जालसाजी भनिन्छ | व्यक्तिगत अनैतिक लाभ आर्जन गर्ने अभिप्रायले कुनै पक्षले करारमा जालसाजी गर्दछ | जल्सजिको करार शुन्यकरणीय हुन्छ |
गल्ति (Mistake)
        कुनै कुराको गलत अर्थ बुझाई लाई गल्ति भनिन्छ | करारका लागि प्रस्ताबकले जुन अर्थमा प्रस्ताब राखेको हो त्यो भन्दा भिन्न भिन्ना अर्थमा प्रस्ताब स्वीकृति जनाउदछ, भने यसलाई गल्ति भनिन्छ |
उद्देश्यको बैध्यता (Legality of Object)
        बैध करारका लागि यसको उद्देश्य पनि बैध हुनु पर्दछ | बेश्यबृति गर्न गरियको करार ले बैध्यता पाउन सक्दैन | किनभने यसको उद्देश्यनै अबैध छ |
संयोगीक करार (Contingent conttract)
        सर्त सहितको करार लाई संयोगीक करार  भानिन्छ | यस्तो करार कुनै घटना भयमा वा नभएमा मात्र लागु हुने भनि सर्त राखिएको हुन्छ |
संयोगीक करारका नियमहरु (Rules Regarding Contingent Contract)
१-       भविष्यमा अनिश्चित घटना घटेमा करार लागु हुने
२-       भबिष्यमा अनिश्चित घटना नघटेमा करार लागु हुने
३-       निश्चित समयाबधि भित्र घटना भएमा
४-       असम्भव भएमा

करारको परिपालना (Performance of Contract)
        करारमा संलग्न पक्षहरुले आ-आफ्नो दायित्व पुरा गर्नुलाई करारको परिपालना भनिन्छ |
करारको परिपालना सम्बन्धि नियमहरु (Rules Regarding Performance of Contract)
१-       समय (time)
२-       बिधि (mode)
३-       आंशिक परिपालना (partial performance)
४-       व्यक्ति (individual)
करार हस्तान्तरण सम्बन्धि नियमहरु (Rules Regarding Assignment of Contract)
१-       व्यक्तिगत दक्षताको करार हस्तान्तरण हुन सक्दैन |
२-       करार बाट प्राप्त अधिकार वा लाभ हस्तान्तरण हुदैन |
३-       करार बमोजिम दायित्व भने सामान्यत: हस्तान्तरण हुदैन |
४-       कानुन क्रियाशील भएर करार हस्तान्तरण हुनसक्छ |
करारको समाप्त (Termination of Contract)
        करारमा संलग्न दुवै पक्षहरुले आ-आफ्नो दायित्व पुरा गरेपछि करारको अन्त हुन्छ | यसलाई नै करारको समाप्ति भनिन्छ |
करार समाप्त हुने अवस्थाहरु (Modes of Termination of Contract)
१-       करारको कार्यान्वयनद्वारा
२-       पारस्परिक सहमतिद्वारा
(क)    परिबर्तन गरि
(ख)   नबिकरण गरि
(ग)    परित्याग गरि
(घ)    खारेज गरि
३-       अशंभव हुन गएमा

करार उल्लङ्घन भएमा उपचार (Remidies for Breach of Contract)
१-       करार समाप्त गर्ने
२-       क्षतिपूर्ति दाबी गर्र्ने
३-       पारिश्रमिक वा प्रतिफल दाबी गर्ने
४-       यथावत् परिपालना गर्ने
५-       निषेधाज्ञा उजुर गर्ने


अध्ध्याय ३ – नासो तथा धरौट (Bailment)
नासो (Bailment)
पछी फर्काउने वा सामान धनीले भने जस्तै गर्ने गरि कुनै सम्पति अरुलाई बहाल गरि मा दिने प्रक्रियालाई नासो भनिन्छ | यस प्रक्रियामा नासो दिने व्यक्तिलाई निक्षपक (Bailor) भनिन्छ र नासो प्राप्त गर्ने व्यक्तिलाई निक्षपग्राही (Bailee) भनिन्छ |
Rights of Bailor (निक्षपकको अधिकार)
१-       नासो बस्तुमा कुनै क्षति भएमा क्षतिपूर्ति (Indemnity) भराई लिने
२-       सर्त उल्लङ्घन गरेमा करार भंग गर्ने (End of Contract)
३-       अरु बस्तुमा मिसाई दिएमा मूल्य दाबी गर्ने
४-       नासो बस्तुबाट लाभ भएमा उक्त लाभ दाबी गर्ने

निक्षपकको कर्तब्य (Duties of Bailor)
१-       नासो बस्तुको सम्पूर्ण गुण वा दोष बताउने
२-       नासो बस्तुमा खर्च भएको भए सो खर्च बेहोर्ने
३-       नासो बस्तु फिर्ता भएमा बुझिलिने
४-       समयाबधि अगाडी नासो बस्तु फिर्ता लिदा निक्षपग्राही लाई नोक्सान हुन गएमा क्षतिपूर्ति बेहोर्ने
निक्षपग्रहिको अधिकार (Rights of Bailee)
१-       क्षतिपूर्ति भराइ लिने
२-       पारिश्रमिक पाउने
३-       खर्च सोधभर्ना लिने
४-       बस्तुमाथि धारणाधिकार
५-       नासोबस्तु फिर्ता गर्ने

निक्षपग्रहिको कर्तब्य (Duties of Bailee)
१-       नासो बस्तुको उचित रेखदेख गर्ने
२-       नासो बस्तुलाओ अनधिकृत प्रयोग नगर्ने
३-       नासो बस्तुलाई आफ्नो बस्तु संग नमिसाउने
४-       नासो बस्तुमा आफ्नो हक नजमाउने
५-       नासो बस्तु फिर्ता गर्ने
६-       नासो बस्तु वृद्धि भएमा सो समेत फिर्ता गर्ने
७-       नासो सम्बन्धि करार को परिपालन गर्ने


हराएको बस्तु पाउने व्यक्ति (Finder of Lost Goods)
कसैको हराएको बस्तु भेटाउने र आफ्नो अधिनमा राख्ने व्यक्ति लाई Finder of Lost Goods भनिन्छ |
Rights of Finder of Lost Goods (हराएको बस्तु पाउने व्यक्तिको अधिकार)
१-       वास्तविक स्वामी नभेटे सम्म बस्तु आफ्नो कब्जामा राख्ने अधिकार
२-       क्षतिपूर्ति राख्ने अधिकार
३-       इनामको लागि मुद्दा दायर गर्ने अधिकार
४-       स्वामी भेटाउन नसकेमा बिक्रि गर्ने अधिकार
Duties of FinderLost Goods (हराएको बस्तु पाउने व्यक्तिको कर्तब्य)
१-       बस्तुको हेरचाह गर्ने
२-       वास्तविक मालिक पत्ता लगाउने
३-       मालिकलाई बस्तु फर्काउने
४-       आफ्नो बस्तु संग नमिसाउने
बन्धक (Pledge or Pawn)
        कर्जा प्रदान गर्दा सुरक्षणको रुपमा धरौट राखिने सम्पतिलाई बन्धक भनिन्छ | यसमा सम्पति बन्धक राख्ने पक्षलाई बन्धककर्ता (Pawner) बन्धक सकार्ने व्यक्तिलाई बन्धकग्राही (pawnee) भनिन्छ |
बन्धककर्ताको अधिकार (Rights of Pawner or Pledgor)
१-       बन्धक बस्तु फिर्ता लिने अधिकार
२-       बन्धक बस्तु वृद्धि भएमा सो समेत फिर्ता पाउने अधिकार
३-       बन्धक बस्तुमा कुनै क्षति भएमा क्षतिपूर्ति भराई पाउने अधिकार
४-       बन्धक बस्तु फिर्ता पाउन मुद्दा लड्ने अधिकार
बन्धककर्ताको कर्तब्य (Duties of Pawner or Pledgor)
१-       बन्धक बस्तुमाथि भएको असाधारण खर्च बेहोर्ने,
२-       बन्धक बस्तुको गुण र दोष बारे जानकारी दिने
३-       समयाबधि भित्र कर्जा चुक्ता गर्ने
४-       कर्जा चुक्ता समयमा नभई बन्धकग्राहीलाई हानी भएमा क्षतिपूर्ति बहन गर्ने
 बन्धकग्राहीको अधिकार (Rights of Pawnee or Pledgee)
१-       बन्धक बस्तु आफ्नो अधिनमा राख्ने अधिकार
२-       बन्धक बस्तुमा असामान्य खर्च लागेमा क्षतिपूर्ति पाउने अधिकार
३-       समयमा कर्जा चुक्ता नगरेमा थप रकम दाबी गर्ने अधिकार
४-       करार बदर गर्ने अधिकार
५-       करार परिपालना नगरेमा बन्धककर्ता उपर मुद्दा चलाउने अधिकार

बन्धकग्रहिको कर्तब्य (Duties of Pawnee or Pledgee)
१-       बन्धक बस्तुको उचित रेखदेख गर्ने
२-       बन्धक बस्तुक अनधिकृत प्रयोग नगर्ने
३-       बन्धक बस्तुलाई आफ्नो बस्तुमा नमिसाउने
४-       बन्धक करारको परिपालना गर्ने
५-       बन्धक बस्तु बाट प्राप्त लाभ बन्धककर्तालाई नै फिर्ता गर्ने


नासो तथा बन्धक बीच भिन्नता (Didderence between Bailment and Pledge)
नासो (bailment)
बन्धक (pledge)
१. बस्तु मर्मत गर्न सुरक्षित गर्न वा भाडामा लिई प्रयोग गर्न धरौट गरिन्छ |
१. ऋण चुक्ता गर्न बचन को परिपालना गराउनको लागि बन्धक करार गरिन्छ |
२. नासो करारमा जमानतको आवश्यकता पर्दैन |
२. जमानतको रुपमा मालसामान बन्धक रखिन्छ |
३. नासो लिनेले नासो लिएको बस्तु उपयोग गर्न सक्छ |
३. बन्धक राखिएको बस्तु बन्धक लिनेले उपयोग गर्न सक्दैन |
४. नासो लिनेले कुनै पनि परिस्तिथिमा नासो लिएको बस्तु बिक्रि गर्न सक्दैन | नासो लिया बापत पाउनु पर्ने रकम नपाएमा नासो फिर्ता गर्न सक्छ वा नसो राख्ने माथि कानुनी कारबाही गर्न सक्छ तर बस्तु बिक्रि गर्न सक्दैन |
४. बन्धक लिनेले परिस्तिथि हेरी बन्धक लिएको बस्तु बिक्रि गर्न सक्छ | जस्तै: ऋण भुक्तानी नगरेमा बन्धक राख्न दिनेलाई सूचना दिएर बन्धक लिनेले बन्धकको बस्तु बिक्रि गर्न सक्छ |
५. सबै प्रकारका नासोमा प्रतिफल हुदैन | जस्तै: नि:शुल्क प्रतिफल |
५. सबै प्रकारका बन्धकको प्रतिफल हुन्छ |

गैरस्वामीद्वारा बन्धक ( pledge by Non-owner of Goods)
सामान्यतया बस्तुको वास्तविक स्वामीले मात्र बन्धक राख्न सक्छ | तर अपबद्को रुपमा निम्न अबस्थामा गैर स्वामीले पनि बस्तुको बैध बन्धक राख्ना सक्दछ :-
१-       ब्यापारिक अभिकर्ता (Mercentile Agent)
२-       बस्तुमा सिमित हक हुने व्यक्तिद्वारा बन्धक (Pledge by a person with limited ownership on goods)
३-       बिक्रय सम्झौता गरि बस्तु प्राप्त गर्ने क्रेता द्वारा बन्धक
४-       सह-स्वामी द्वारा बन्धक (Pledge by a co-owner)

अध्ध्याय ४ – अभिकरण (Agency)
 अभिकरण (Agency)
        कुनै व्यक्तिले आफ्नो तर्फा बाट कुनै कम गर्न प्रतिनिधि नियुक्त गरेको छ भने त्यसलाई अभिकरण भनिन्छ | प्रतिनिधि को रुपमा नियुक्त व्यक्तिलाई अभिकर्ता भनिन्छ |
अभिकरण सिर्जना गर्ने व्यक्तिहरु (Mode of Creating Agency)
१-       ब्यक्त सम्झौता द्वारा अभिकरण
२-       परिलक्षित अधिकार द्वारा अभिकरण
(क)    प्रदर्शन द्वारा अभिकरण
(ख)   आवश्यकता द्वारा अभिकरण
(ग)    पुष्टिकरण द्वारा अभिकरण
अभिकर्ताको अधिकार (Rights of Agent)
१-       पारिश्रमिक पाउने अधिकार
२-       खर्चको सोध भर्ना पाउने अधिकार
३-       क्षपुर्ती पाउने अधिकार
४-       बस्तुमाथि धारणाधिकार
५-       बाटो बाट बस्तु रोक्ने अधिकार
अभिकर्ताको कर्तब्य (Importance of Agency)
१-       निर्देशन पालन गर्ने
२-       प्रचलन अनुसरण गर्ने
३-       प्रधान को हित गर्ने
४-       दक्षतापूर्ण काम गर्ने
५-       लेखापलन गर्ने
६-       प्रधानसंग संचार कयेम गर्ने
७-       आम्दानी बुझाउने
८-       जानकारी दिने
९-       गोप्यता कयेम गर्ने
प्रधान को अधिकार (Rights of Principal)
१-       निर्देशन दिने अधिकार
२-       क्षतिपूर्ति माग गर्ने अधिकार
३-       अभिकरण अधिकार फिर्ता लिने अधिकार
४-       हिसाब र आम्दानी पाउने अधिकार

प्रधान को कर्तब्य (Duties of Principal)
१-       अभिकर्ता ले गरेको खर्चको सोध भर्ना गर्ने
२-       पारिश्रमिक दिने
३-       अभिकर्ता लाई क्षतिपूर्ति गर्ने
अधिकार प्रत्यायोजन (Delegation of Authority)
        प्रधानबाट प्राप्त अधिकारलाई अभिकर्ताले अरु कसैलाई सुम्पने अधिकारलाई अधिकार प्रत्यायोजन भनिन्छ | सामान्यतया अभिकर्ताले अधिकार प्रत्यायोजन गर्न पाउदैन तर खास खास बिशेष अबस्थामा भने अभिकर्ता ले अधिकार प्रत्यायोजन गर्न पाउछ |
अभिकरणको समाप्ति (Termination Of Agency)
१-       पक्षहरुको कार्यद्वारा
क.      पारस्परिक सहमति द्वारा   
ख.      प्रधानले अभिकरण खण्डन गरेर
ग.       अभिकर्ताले अभिकरण कार्य परित्याग गरेर
२-       कानुन क्रियाशील द्वारा
क.      करार परिपालना भएमा
ख.      अबधि समाप्त भएमा
ग.       प्रधान वा अभिकर्ता को मृत्यु भएमा
घ.       प्रधान वा अभिकर्ता पागल भएमा
ङ.       प्रधान टाट पल्टेमा
च.       अभिकरण को बिषय बस्तु नस्ट भएमा
छ.      अभिकरण कार्य अशंभव भएमा
अभिकरण दर्ता गर्ने प्रक्रिया (Process of Registration of Agency)
        नेपाल एजेन्सी नियमहरु २०१४ को अनुसूची १ ले ब्यवस्था गरे बमोजिम ढाँचामा आवश्येक विवरण खोलेर रु. १०० रजीष्ट्रेशन दस्तुर का साथ् रु. ५ को हुलाक टिकटका साथ रित पुर्बक निबेदन बुझाउनु पर्दछ |
अध्ध्याय ५ – क्षतिपूर्ति र आश्वासन (Indimnity and Gurantee)
क्षतिपुर्तिको करार (Contract of Indemnity)
        एक पक्षलाई कुनै नोक्सानी भएमा दोस्रो पक्षले क्षतिपूर्ति गरिदिने बारे गरिदिने करारलाई क्षतिपुर्तिको करार भनिन्छ | यस्तो करारमा क्षतिपूर्ति गर्ने पक्षलाई क्षतिपुर्तिकर्ता भनिन्छ | यस्तो क्षतिपूर्ति पाउने पक्षलाई क्षतिपूर्ति प्रापक भनिन्छ |
क्षतिपुर्तिकर्ताको अधिकार (Rights of Indemnity holder)
१-       करार बमोजिम नोक्सान भएमा क्षतिपूर्ति गर्नुपर्दैन |
२-       समयाबधि भित्र नोक्सान नभएमा पनि क्षतिपूर्ति दिनु पर्दैन |
३-       असाबधानीका कारण क्षति भएमा पनि क्षतिपूर्ति दिनु पर्दैन |
क्षतिपुर्तिकर्ताको कर्तब्य (Duties of Indemnity holder)
१-       करार बमोजिम नोक्सान भएमा क्षतिपुर्ति गर्ने
२-       समयाबधि भित्र नोक्सान भएमा क्षतिपूर्ति गर्ने
३-       साबधनिपुर्बक काम गर्दा गर्दै पनि नोक्सान भएमा क्षतिपूर्ति गर्न
क्षतिपूर्ति प्रापकको अधिकार र कर्तब्य (Rights and Duties of Indemnity Holder)
१-       करार बमोजिम क्षतिपूर्ति पाउने
२-       करार बमोजिम मुद्दा मामिलामा लागेको रकम पाउने
३-       तेस्रो व्यक्तिलाई हानी परेकोमा ब्यहोर्नु पर्ने परेको रकम पाउने


जमानतको करार (Contract of Gurantee)
        करारमा संलग्न दोस्रो पक्षले करार उल्लङ्घन गरेमा उसको दायित्व म पुरा गरिदिनेछु भनि तेस्रो पक्षले करार गर्दछ भने त्यसलाई जमानतको करार भनिन्छ | यसमा जमानी बस्नेको दायित्व गौण हुन्छ | वास्तविक ऋणीले दायित्व बहन गरेन भने मात्र उसको दायित्व क्रियाशील हुन्छ |
जमानतको करार को प्रकार (Types of Surety)
१-       साधारण जमानतको करार
२-       चालु जमानतको करार
३-       बिगत जमानतको करार
४-       भाबी जमानतको करार
क्षतिपूर्तिको करार तथा जमानतको करार बीच भिन्नता (Difference between Contarct of Indemnity and Contract of Gurantee)
क्षतिपूर्तिको करार (Contarct of Indemnity)
जमानतको करार
(Contract of Gurantee)
१. क्षतिपूर्तिको करारको मुख्य उद्देश्य सम्भावित नोक्सानको क्षतिपूर्ति गर्नु हो |
१. जमानतको करारको मुख्य  उद्देश्य  साहुले दिएको ऋणको  सुरक्षा  गर्नु हो |
२. यसमा क्षतिपूर्ति पाउने र दिने गरि दुइ पक्ष मात्र हुन्छन |
२. यसमा मुख्य ऋणी, ऋणदाता र जमानी गरि तीन पक्ष हुन्छन |
३. क्षतिपूर्तिकर्ताको दायित्व प्राथमिक हुन्छ |
३. जमानिको दायित्व गौण हुन्छ |
४. यसमा क्षतिपूर्ति दिने र पाउनेको बिचमा करार हुन्छ |
४. यसमा तीन पक्षहरु बीच बेग्ला बेग्लै करार हुन्छ |
५. यसमा कुनै अप्रत्याशित घटना घटेपछि मात्रै क्षतिपूर्तिकर्ताको दायित्व सुरु हुन्छ |
५. ऋण बुझाउने तोकिएको हक्म्यद सकिएपछि पनि ऋण फिर्ता नगरेमा दायित्व सुरु हुन्छ |
६. क्षतिपूर्ति करार सम्भावित नोक्सानीको परिपूर्ति गर्नका लागि गरिन्छ |
६. जमानत करारमा सहुद्वारा दिईएको ऋणको सुरक्षा गर्नको लागि दिइन्छ



जमानी बस्नेको अधिकार (Rights of surety)
१)       मुख्य ऋणीसंग प्रतिस्थापनको अधिकार
२)       मुख्य ऋणीसंग क्षतिपूर्ति दाबी गर्ने अधिकार
३)       ऋणदातालाई दिएको धितो माग गर्ने अधिकार
४)       धितो बाट लाभान्वित हुने अधिकार
जमानी बस्नेको कर्तब्य र दायित्व
१)       जमानी बस्नेको दायित्व मुख्य ऋणीको दायित्व बराबर हुन्छ |
२)       जमानी बस्नेको दायित्व गौण हुन्छ |
३)       मुख्य ऋणीले कर्जा चुक्ता नगरेमा मात्र उसको दायित्वप्रधान वा क्रियाशील हुन्छ |
जमानी बस्नेको दायित्व मुक्त हुने अबस्थाहरु
१)       मुख्य करार परिपालना भएमा
२)       जमानी बस्ने व्यक्तिले खण्डन गरेमा
३)       जमानी बस्ने ब्यक्तिको मृत्यु भएमा
४)       ऋणबाट मुख्य ऋणी मुक्त भएमा
५)       साहु र मुख्य ऋणीलेकरार उल्लङ्घन गरेमा
६)       जमानिको करार अबैध भएमा
७)       दाबी गर्ने म्याद सकिएमा
८)       मिथ्यबर्णन वा जालसाजी भएमा
९)       धितो शम्पति हराएमा वा फिर्ता नगरेमा
अध्ध्याय ६ – बस्तु बिक्रि (Sales of Goods)
बस्तु बिक्रि (Sales of Goods)
        निश्चित मूल्य प्राप्त गरि बिक्रेताले आफ्नो बस्तुको स्वामित्व क्रेतालाई हस्तान्तरण गर्ने विधिलाई बस्तु बिक्रि भनिन्छ |

बस्तु बिक्रिका विशेषताहरु (Features of Sales of Goods)
१)       क्रेता र बिक्रेता
२)       मालसामान
३)       बस्तुको समर्पण
४)       बैध करार
५)       शर्त
६)       मूल्य भुक्तानी
७)       स्वामित्व हस्तान्तरण
बस्तुको प्रकार (Types of Goods)
१)       बिध्यमान बस्तु
क)      निश्चित बस्तु
ख)     अनिश्चित बस्तु
२)       भाबी बस्तु
३)       संग्योगिक बस्त
सर्त (Conditions)
     बस्तु बिक्रि करार अनुसार क्रेता र बिक्रेता दुवैले अनिबार्य रुपमा पालना गर्नुपर्ने अबस्थालाई सर्त भनिन्छ | जस्तैः मूल्य, गुण, संख्या आदी | सर्त भंग भएमा बिक्रि करार भंग हुदैन |
आश्वासन (Gurantee)
     समान बिक्रीको प्रकृति अनुसार खास महत्वपुर्ण भएको अवस्था वा कबुललाई आश्वासन भनिन्छ | आश्वासन भंग भएमा बिक्रि करार भंग हुदैन
स्वामित्व हस्तान्तरण (Transfer of Ownership)
        स्व-इच्छाले आफ्नो स्वामित्वमा रहेको बस्तु कसैलाई प्रदान गर्ने प्रक्रियालाई स्वामित्व हस्तान्तरण भनिन्छ | बिक्रेताले मुल्य प्राप्त गरेर बस्तुको स्वामित्व क्रेतालाई हस्तान्तरण गरेपछि मात्र बिक्रय करार परिपालन हुन्छ |
बिक्रय करारको परिपालना (Performsnce of Contract of sales)
        क्रेता-बिक्रेता बीच बिक्रय गरेपछि उक्त करार बमोजिम आ-आफ्नो काम र दायित्व पुरा गर्ने कार्यलाई बिक्रय करारको परिपालना भनिन्छ |
अदत्त बिक्रेता (Unpaid Sailor)
       बस्तु बिक्रय करार बमोजिम क्रेता बाट समयाबधी भित्र भुक्तानी नपाएको बिक्रेतालाई अदत्त बिक्रेता भनिन्छ |



अध्ध्याय ७ – कम्पनीको संस्थापना तथा ब्यबस्थापन (Company Incorporation and management)
कम्पनीको संस्थापना (Incorporation of company)
        बैधानिक रुपमा कम्पनि दर्ता गर्ने तथा कानुनी अश्तित्वमा ल्याउने प्रकृयालाई कम्पनीको संस्स्थापना भनिन्छ | नेपालमा कम्पनि संस्थापना गर्नका लागि न्युनतम ७ जना संस्थापकहरुले कानुनी रित पुर्याएर रजिस्टारको कार्यालयमा आबेदन दिनुपर्दछ |
कम्पनि शभाको प्रकार (Types of Company Meeting)
१)       प्रारम्भिक  साधारण सभा
२)       बार्षिक साधारण सभा
३)       बेशेष वा आशाधरण सभा
कम्पनि सभाको कानुनी महत्व (Legal Importance of Company Meeting Company)
१)       यसले कानुनी ढंग बाट बाँडफांड भएको शेयर संख्या र चुक्ता रकमको औपचारिक जानकारी दिन्छ |
२)       यसले कम्पनि कानुनी तबरले संचालनमा आएको पुष्टिकरण गर्दछ |
३)       शेयरवाला तथा सरोकारवालाहरुलाई यस सभाले कम्पनीको आय-व्ययको जानकारी दिन्छ |
४)       यस सभाले कम्पनीको मुनाफा कारोबार अवस्था, प्रगति विवरण र समस्याबारे जानकारी दिन्छ |
निर्णय पुस्तिका (Minutes)
        कम्पनीको सभामा भएको छलफल तथा निर्णयलाई अभिलेख राख्ने पुस्तिकालाई निर्णय पुस्तिका भनिन्छ |
कम्पनीको लेखापरिक्षकको अधिकार र कर्तब्य (Rights and Duties of Auditor of an Company)
१)       हिसाबकिताब हेर्ने
२)       स्पष्टिकरण माग गर्ने
३)       कम्पनीभित्र भ्रमण गर्ने
४)       बिशेष सभा बोलाउने
५)       सभामा उपस्थित हुने
६)       गलत विवरण सच्याउने
७)       छलकपट हुन नदिने
८)       पारिश्रमिक पाउने
९)       स्वतन्त्र लेखापरिक्षण प्रतिबेदन तयार गर्ने
कम्पनीको बिघटन (Dissolution of company)
     कानुनी प्रक्रिया पुरा गरि औपचारिक रुपमा कम्पनि बन्द गर्ने प्रक्रियालाई कम्पनीको बिघटन भनिन्छ |
कम्पनि खारेजी गर्ने बिधिहरु (Modes of Winding up of a company)
१)       रजिस्टारको कार्यालयद्वारा खारेजी
२)       कम्पनि सभाद्वारा खारेजी
३)       अदालतद्वारा खारेजी

अध्ध्याय ८ – Arbiration (मध्यस्थता)
मध्यस्थता (Arbitration)
        तेस्रो स्वतन्त्र ब्यक्तिको सहायता वा
मध्यम बाट विवाद समाधान गर्ने प्रक्रियालाई मध्यस्थता भनिन्छ | यस प्रक्रियामा विवाद समाधान गर्न सहजकर्ता वा सहयोगीलाई मध्यस्थकर्ता भनिन्छ |
मध्यस्थताको महत्व (Importance of Arbitration)
१)       सरलता
२)       समयको बचत
३)       खर्चको बचतकानुनी
४)       गोपनियता
मध्यस्थता सुम्पन सकिमे व्यक्तिहरु (Persons who can referred to Arbitration)
१)       संयुक्त हिन्दु परिवारको कर्ता
२)       गुठीको संचालक
३)       हकवाला
४)       कानुनी प्रतिनिधि
५)       औपचारिक प्राप्तिकर्ता

मध्यस्थतामा पेश गर्न सकिने बिषयबस्तुहरु (Matters that may be referred to Arbitration)
१)       देवानी प्रकृतिका बिबादहरु
२)       व्यक्तिगत अधिकार सम्बन्धि विवादहरु
३)       मान, प्रतिष्ठा र इज्जतसम्बन्धि विवादहरु
४)       म्याद, समय सिमा नाघेकोबारे विवादहरु

मध्यस्थकर्ताको अधिकार (Rights of Arbitration)
१)       सक्षि उपस्थित गराउने
२)       शपथ दिलाउने
३)       बिशेषज्ञको राय लिने
४)       निर्णय सुनाउने
५)       धन जमानी लिने
६)       बैकल्पिक निर्णय गर्ने

मध्यस्थकर्ताको कर्तब्य (Duties of an Arbitration)
१)       विवादलाई न्यायिक तरिकाले समाधान गर्ने
२)       निश्पक्ष निर्णय गर्ने
३)        उचित आचरण गर्ने
४)       मध्यस्थकर्ताको सिमा भित्र रहने
५)       निर्णय गर्न ढीला शुस्ती नगर्ने
६)       अपुरो निर्णय नगर्ने
७)       दुवै पक्षको भनाइ सुन्ने
८)       निर्णयको प्रतिलिपि दुवै पक्षलाई उपलब्ध गराउने
मध्यस्थकर्ताको अधिकारको खण्डन (Revocation of Arbitratior’s Authority)
        मध्यस्थकर्ता हटाउने वा उसको अधिकार अन्त्य गर्ने सम्बन्धमा मध्यस्थकर्ता सम्बन्धि ऐन २०५५ मा आवश्यक व्यवस्था गरिएको छ | यस अनुसार दुइ किसिम बाट मध्यस्थकर्ताको अधिकारको खण्डन गर्न सकिन्छ :-
(क)    पक्षहरुको आपसी सहमतिद्वारा
(ख)   अदालतको आदेशद्वारा


निर्णय (The Award)
        मध्यस्थकर्ताले बिबादित पक्षहरुको दाबी जिकिर सुनिसकेपछि समस्या समाधानका लागि न्यायिक फैसला गर्दछ | यहि फैसला लाई मध्यस्थकर्ताको निर्णय भनिन्छ |
* निर्णय लिखित रुपमा हुनु पर्दछ |
* ४५ दिन भित्र निर्णय दिनुपर्छ
* गहन अध्धयन पश्चात मात्र सहि र न्यायिक निर्णय गर्नुपर्दछ |
अध्याय – ९ – ढुवानी सम्बन्धि कानुन (Law of Carriage)
ढुवानी सम्बन्धि कानुन (Law of Carriage)
मालसामान एक स्थानबाट अर्को स्थानसम्म ढुवानी गर्ने संग सम्बन्धित सबै किसिमका ऐन नियमलाई ढुवानी सम्बन्धि कानुन भनिन्छ |
ढुवानी सम्बन्धि कानुनको महत्व (Importance of Law of Carriage)
१)       उध्धोग व्यापारको विकास गर्न
२)       ब्याबसायीक कारोबार सुब्यबस्थित गर्न
३)       ब्याबसायलाई सरकारी नियन्त्रण कायम गर्न
४)       ढुवानी ब्याबसायलाईनियमन गर्न
५)       कारोबारलाई सुनिश्चित प्रदान गर्न
बाहकको बर्गिकरण (Classification of Carriers)
१)       मालसामान ढुवानी गर्ने बाहक
(क)    सार्बजनिक बाहक
(ख)   निजि बाहक
(ग)    ऐच्छिक बाहक
२)       यात्रु बाहक
(क)    सार्बजनिक बाहक
(ख)   निजि यात्रु बाहक
(ग)    निशुल्क यात्रु बाहक
सार्बजनिक बाहकको अधिकार (Rights of Common Carrier)
१)       ढुवानी भाडा प्राप्त गर्ने
२)       असामान्य बस्तु तथा स्थानमा बस्तु ढुवानी गर्ने अधिकार
३)       धरणाधिकार
४)       बस्तु बिक्रि गर्ने अधिकार
५)       क्षतिपुर्ति पाउने अधिकार
सार्बजनिक बाहकको कर्तब्य र दायित्व ( Duties and Libalities of Common Carriers)
१)       बिना भेदभाव सामान ढुवानी गर्ने
२)       प्रचलित माग अनुसरण गर्ने
३)       निर्दिष्ट समय र स्थानमा सामान पुर्याउने
४)       सामानको सुरक्षा गर्ने
५)       बाटोमा सामान बेच्नु परेमा प्रेषकलाई जानकारी दिने
जहाज भाडाको करार (Contract of Affreightment)
        सामुद्रिक मार्गबाट मालसामान जहाजमा राखेर ढुवानी गर्ने बारे ब्यापारी तथा जहाज कम्पनि बीच हुने करारलाई जहाज भाडाको करार भनिन्छ | जहाज भाडाको करार दुइ किसिमको हुन्छ :-
१)       चार्टर पार्टी  (Charter Party)
(क)    समय चार्टर (Time Charter)
(ख)   यात्रा चार्टर (Voyage Charter)
२)       जहाज बिल्टि (Bill of Lading)
हवाई भाडा बिल्टि (Air Way Bill)
        हवाई जहाजमा लादेर मालसामान एक स्थानबाट अर्को स्थानसम्म पठाउन तयार गरिएको औपचारिक भर्पाईलाई हवाई भाडा बिल्टि (Air Way Bill) भनिन्छ |
हवाई ढुवानी सम्बन्धि कागजातहरु (Documents Related Carriage by Air)
१)       यात्रु टिकट (Passenger Ticket)
२)       सामान टिकट ( Lagguage Ticket)
३)       हवाई प्रेषणपत्र (Air Consignment Note)





BEST OF LUCK


Related Posts Plugin for WordPress, Blogger...